राहदानी सम्बन्धी विशेष जानकारीः
E-Passport को फोटो खिच्न आउँदा ध्यान दिनुपर्ने कुराहरुः
१. कुनै किसिमका गहनाहरु (टप, झुम्का, सिक्री र मुन्द्रा) लगाउन नहुँने ।
२. कपालले कान छेक्न नहुँने ।
३. रातो र हरियो रङ्गको लुगा लगाउन नहुँने ।
४. ज्याकेट‚ हुडी‚ मफलर फोटो खिच्दा लगाउन नहुँने ।
५. कुनै पनि किसिमको माला लगाउन नहुँने ।
६. अनुहारको पसिना पानी पुछि अनुहार सुक्खा राख्ने ।
७. अनुहारमा कुनै पनि किसिमको मेकअप गरेको हुन नहुँने।
८. कपाल, दारी पालेको नहुँने ।
प्रकाशित सूचना >> https://daobhaktapur.moha.gov.np/post/notice-2250
भक्तपुर जिल्ला भित्रको / बसाइँसराइ आउने/ विवाह भइ आउने/ नाबालकको राहदानी बनाउन ePassport को अनलाईन फर्म सहित ल्याउनुपर्ने कागजातहरुः
१. नेपाली नागरिकताको सक्कल प्रति र सोको फोटोकपी-१
२. राष्ट्रिय परिचयपत्र बनाएको फोटोकपी
३. विवाहितको हकमाः विवाह दर्ताको सक्कल प्रमाणपत्र
बसाइँसराइ गरी आउनेको हकमा थप कागजातः
४. नागरिकता जारी भएको जिल्लाबाट नागरिकताको अभिलेख प्रमाणित गरिएको कागजात ।
५. बसाइँसराइ दर्ताको सक्कल प्रमाणपत्र
६. भक्तपुर जिल्लामा भएको घर वा जग्गाधनी प्रमाण पूर्जा, घर निर्माण अनुमति वा सम्पन्नको सक्कल
७. बिजुली वा धारा पानीको बिल वा मतदाता परिचयपत्र ।
नाबालकको हकमाः
१. नाबालक परिचयपत्रको सक्कल प्रति र फोटोकपी
२. नाबालक प्रमाणिकरण पत्र
३. बाबुआमाको नेपाली नागरिकताको सक्कल प्रति
कर्मचारीको हकमा थपः भक्तपुर जिल्ला भित्र कार्यरत सरकारी कर्मचारीले सम्बन्धित कार्यालयको सिफारिस पत्र अनिवार्य पेश गर्नुपर्नेछ ।
पासपोर्टको फोटो खिचेपछि आवेदनको अवस्था जान्नः
आफ्नो E-Passport को आवेदनको अवस्था जान्नको लागि मोबाइलमा Nepal ePassport एप्स डाउनलोड गरी Application Status मा गई आफ्नो फारामको मुनि भएको बारकोड स्कयान गरेर Check Status मा क्लिक गरी पत्ता लगाउन सकिन्छ ।
बनेको राहदानी लिन चाहिने कागजातहरुः-
१. पूरानो राहदानी भए अनिवार्य पेश गर्नुपर्ने ।
२. बैंक भौचर ।
३. सक्कल नागरिकता वा राष्ट्रिय परिचयपत्र वा नाबालक परिचय पत्र सहित सम्बन्धित व्यक्ति ।
४. List मा उल्लेख भए अनुसार आफ्नो नाम रहेको Serial Number लिएर आउने ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, भक्तपुर
Powered By: ProActive Developers