Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, भक्तपुर

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, भक्तपुर

न्यून व्यान्डविथ Invert Color A- A A+

कोठा नं. सहितको नागरिक वडा पत्र

2076-05-15

2076-05-15


ciz_charter_final_for_website_page_0001.jpg तस्बिर :

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, भक्तपुर

नागरिक बडापत्र

 

 

नयाँ नागरिकता शाखाबाट प्रदान हुने सेवा

 

महत्वपूर्ण जानकारी

  • सेवाग्राहीले निवेदन र फारम वाहेक आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने छ र Verify गर्ने प्रयोजनका लागि ती कागजातका सक्कल लिइ आउनुपर्ने छ।
  • नावालक परिचयपत्र लिएका निवेदकले राहदानी र सक्कलै नावालक परिचयपत्र पेश गर्नुपर्ने छ।
  • नेपाली राहदानीमा विदेश गई विदेशी राहदानी प्रयोग गरी आएका व्यक्तिले सनाखत गर्न सक्ने छैन । यस्ता व्यक्तिले विदेशी नागरिकता त्याग गरेमा मात्र नेपाली नागरिकताको कारवाही अगाडि वढ्ने छ ।  
  • नागरिकता वनाउने कार्यका लागि थप कुनै व्यहोरा विवरण बुझ्नुपर्ने भएमा स्थानीय तह वा प्रहरी सर्जमिन लगायत बुझ्न सकिने छ।
  • आवश्यकता अनुसार अन्य जिल्लाको नागरिकताको अभिलेख यसै कार्यालयको CMIS प्रणालीमा हेरिने वा इमेल वा फ्याक्स मार्फत झिकाइनेछ।

 

सेवा

सेवा सुविधाहरुको विवरण

कार्य सम्पादन गर्न आवश्यक पर्ने कागजपत्रहरु

लाग्ने शुल्क

लाग्ने समय

फाँट, कोठा नं. र जिम्मेवार कर्मचारी

गुनासो सुन्‍ने अधिकारी

कैफियत

वंशज नागरिकता

 

(बाबु आमाको नागरिकता यसै जिल्लाको भएको )

  1. नागरिकता वनाउने मितिमा १६ बर्ष उमेर पूरा भएको हुनुपर्ने ।
  2. फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिस भएको अनुसूची १ फाराम ।
  3. जन्म दर्ता, शैक्षिक प्रमाणपत्र र वावु आमाको  नेपाली नागरिकता प्रमाणपत्र।
  4. हालसालै खिचिएको अटो साइजको फोटो १ र पासपोर्ट साइजको १ प्रति ।
  5. नाता खुल्ने एकाघरको/वंशजतर्फका तीन पुस्ताभित्रका व्यक्तिले सनाखत गर्नु पर्ने र निजको नागरिकता ।
  6. सनाखत गर्नेसंग नागरिकतामा नाम/नाता नखुलेको हकमा नाता प्रमाणित ।
  7. बाबु वा आमाको मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाण पत्र।

निवेदनमा रु.१०/-को टिकट

प्रमाण पूरा भएकै दिन

नागरिकता फाँट

कोठा नं.१८

 

फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत

स.प्र.जि.अ./

प्र.जि.अ.

 

विवाहित महिला

(वंशज नागरिकता)

सि.नं. १ मा उल्लेखित साथै देहायका कागजात

  1. विवाह दर्ता प्रमाणपत्र / नाता प्रमाणित, पतिको नागरिकता र माईती तर्फको वंश खुल्ने अभिभावकको नागरिकता ।
  2. पति वा पतिको एकाघरका व्यक्तिबाट सनाखत गर्नुपर्ने र निजको नागरिकता प्र.प.।
  3. पतिको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र ।

निवेदनमा रु.१०/-को टिकट

प्रमाण पूरा भएकै दिन

नागरिकता फाँट

कोठा नं.१८

फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत

स.प्र.जि.अ./

प्र.जि.अ.

 

बसाई सराई गरी आउने

(वंशज नागरिकता)

सि.नं. १ मा उल्लेखित साथै देहायका कागजात

  1. बसाई सराई प्रमाणपत्र, जग्गाधनी प्रमाण पूर्जा,
  2. स्थायी बसोबासको सिफारिश वा घर सम्पन्न वा निर्माण स्वीकृति,
  3. बिजुली वा धारा पानीको बिल वा मतदाता परिचयपत्र।
  4. विवाह गरी आएका महिलाको हकमा सि.नं. २ का कागजात समेत ।

निवेदनमा रु.१०/-को टिकट

प्रमाण पूरा भएकै दिन

नागरिकता फाँट

कोठा नं.१८

फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत

स.प्र.जि.अ./

प्र.जि.अ.

 

कर्मचारी परिवार

(वंशज नागरिकता)

सि.नं. १ मा उल्लेखित साथै देहायका कागजात

  1. यस जिल्लामा कार्यरत सरकारी स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी/शिक्षकले संकेत नम्वर खुलेको कर्मचारी परिचयपत्र ।
  2. सम्वन्धित कार्यालयको सिफारिश पत्र (सक्कल)।
  3. सम्बन्धित गा.पा./न.पा.बाट सिफारिश भएको अनुसूची फारम २ प्रति, नागरिकताको विवरण पठाउने पत्र र फोटो ३ थान

निवेदनमा रु.१०/-को टिकट

प्रमाण पूरा भएकै दिन

नागरिकता फाँट

कोठा नं.१८

 

फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत

स.प्र.जि.अ./

प्र.जि.अ.

पितृत्व मातृत्वको ठेगान नभएको व्यक्तिलाई नागरिकता

  1. फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिस गरिएको अनुसूची–१ फाराम।
  2. नेपाल सरकारबाट स्वीकृत प्राप्त बाल मन्दिर वा संघसंस्था वा अनाथालयको संरक्षणमा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सो संस्थाको प्रमुखबाट सनाखत र निजको नागरिकता प्र.प.
  3. कुनै व्यक्ति विशेषले प्रचलित कानून बमोजिम संरक्षकत्व प्राप्त गरी पालनपोषण गरेको भए सो को प्रमाण सहित संरक्षकले सनाखत गर्नुपर्ने ।

निवेदनमा रु.१०/-को टिकट

प्रमाण पूरा भएकै दिन

नागरिकता फाँट

कोठा नं.१८

 

फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत/स.प्र.जि.अ.

स.प्र.जि.अ./

प्र.जि.अ.

 

बाबु आमाको सम्बन्ध विच्छेद भएका सन्तानको नागरिकता

  1. फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिस गरिएको अनुसूची–१ फाराम।
  2. जन्म दर्ता, शैक्षिक प्रमाणपत्र, सम्बन्ध विच्छेद प्रमाणपत्र
  3. वावुले वा वावुको वंशजतर्फका तीन पुस्ताभित्रका व्यक्तिले सनाखत गर्नु पर्ने र निजको नागरिकता ।

निवेदनमा रु.१०/-को टिकट

प्रमाण पूरा भएकै दिन

नागरिकता फाँट

कोठा नं.१८

फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत/स.प्र.जि.अ.

स.प्र.जि.अ./

प्र.जि.अ.

 

कुमारी आमाको सन्तानको नागरिकता

  1. फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिस गरिएको अनुसूची–१ फाराम।
  2. जन्मदर्ता, शैक्षिक प्रमाणपत्र (वावुको नाम उल्लेख नभएको हुनुपर्ने) ।
  3. वावु नखुलेको भनी सम्बन्धित गा.पा./न.पा.को प्रमाणित ।
  4. आमाले सनाखत गर्नुपर्ने ।

ऐन तर्जुमाको अवस्थामा रहेकोले ऐन पारित भएपछि सोही वमोजिम हुने ।

निवेदनमा रु.१०/-को टिकट

प्रमाण पूरा भएकै दिन

नागरिकता फाँट

कोठा नं.१८

फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत/स.प्र.जि.अ.

स.प्र.जि.अ./

प्र.जि.अ.

 

जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानको नागरिकता

  1. सि.नं. १ मा उल्लेखित प्रकृया पूरा गर्नुपर्ने ।

 

ऐन तर्जुमाको अवस्थामा रहेकोले ऐन पारित भएपछि सोही वमोजिम हुने ।

 

       

वैवाहिक अंगिकृत

(नेपाली संग विवाह गरेकी विदेशी महिला)

  1. फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिश गरिएको अनुसूची–७ फाराम ।
  2. विवाह दर्ता प्रमाण, जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, सम्वन्धित देशको पहिचान खुल्ने निस्सा (नागरिकता/Voter ID/दुतावास प्रमाणित/राहदानी) र हालसालै खिचिएको फोटो २ प्रति ।
  3. विदेशी नागरिकता नलिने वा परित्याग गर्ने कारवाही चलाएको प्रमाण (हुलाक भर्पाइ, दुतावासको पत्र आदि)।
  4. सनाखत गर्ने पति र निजको नेपाली नागरिकता प्र.प.  । पतिको मृत्यु भैसकेमा मृत्यु दर्ता साथै पति संगको नाता खुल्ने ३ पुस्ताभित्रका व्यक्तिको नाता प्रमाणित सहित नागरिकता राखी सनाखत गर्नुपर्ने।
  5. भारत वाहेक मुलुकको हकमा निवेदकले हाल सम्मको अवधिभर मान्य रहने गरी नेपालको भिसा लिएको हुनुपर्ने ।

निवेदनमा रु.१०/-को टिकट

प्रमाण पूरा भएकै दिन

नागरिकता फाँट

कोठा नं.१८

 

फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत/स.प्र.जि.अ.

प्र.जि.अ.

 

१०

अङ्गीकृत नागरिकता लिनु अघि जन्मिएका सन्तानलाई अङ्गीकृत नागरिकता

  1. फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिश गरिएको अनुसूची–७ फाराम ।
  2. बाबु वा आमाले नेपाली नागरिकताको प्रमाणपत्र पेश गरी सनाखत गर्नुपर्ने।
  3. निवेदकको नाता प्रमाणित पत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, जन्मदर्ता वा जन्ममिति र जन्म स्थान खुल्ने सम्बन्धित गा.पा./न.पा.बाट किटानी सिफारिस
  4. नेपालमा बसोबास गरिरहेको व्यहोरा खुल्ने सम्बन्धित गा.पा./न.पा.बाट किटानी सिफारिस
  5. नेपालमा स्थायी बसोबास गरी काम गरेको भए सोको प्रमाण ।
  6. आवश्यकता अनुसार सम्बन्धित गा.पा./न.पा. लगायत अन्य प्रमाण बुझ्न सकिने ।

 

सोही दिन निवेदकको तीन पुस्ते खुलाई सूचना सार्वजनिक गरिने र सात दिनभित्रमा निर्णय दिइने ।

     

११

विदेशी नागरिक संग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएका सन्तानको नागरिकताको सिफारिश

  1. फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिश गरिएको अनुसूची–७ फाराम ।
  2. आमाको नेपाली नागरिकता
  3. नेपालमा जन्म भई स्थायी बसोबास गरेको व्यहोरा खुल्ने सम्बन्धित स्थानीय निकायको सिफारिसपत्र
  4. बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता नलिएको निस्सा,  
  5. आवश्यकता अनुसार सम्बन्धित गा.पा./न.पा. लगायत अन्य प्रमाण बुझी गृह मन्त्रालयमा पठाइने ।

 

       

१२

नागरिकता परित्यागको जानकारी

  1. सक्कल नागरिकता प्रमाणपत्र, सक्‍कल राहदानी
  2. रितपुर्वक भरेको अनुसूची–९ फाराम ( फोटो सहित)
  3. विदेशी राष्ट्रबाट प्राप्‍त गरेको नागरिकता तथा राहदानी वा प्राप्‍त हुने अग्रिम जानकारी प्रत्र (No Objection Letter)

 

प्रमाण पूरा भएकै दिन प्रकृया सुरु गरिने

नागरिकता फाँट

कोठा नं.१८

फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत/स.प्र.जि.अ.

स.प्र.जि.अ./

प्र.जि.अ.

 

१३

पुनः नेपाली नागरिकता कायम गर्न

  1. नेपालको नागरिकता त्यागेको व्यक्तिले विदेशको नागरिकता त्यागी पुनः नेपालकै नागरिक हुन चाहेमा पहिले जुन जिल्लाबाट नागरिकता प्रमाणपत्र लिएको हो सोही जिल्लामा अनुसूची–११ बमोजिमको ढाँचामा निवेदन पेश गर्ने ।
  2. नागरिकता त्याग गर्नु अगाडि लिएको नेपाली नागरिकताको फोटोकपी । सो नभएमा नागरिकता लिएको मिति र नागरिकता त्याग गरेको मिति खुलाउने ।
  3. विदेशको नागरिकता त्यागेको निस्सा ।
  4. विदेशको राहदानीमा नेपाल आएकोमा भिसा नियमितको प्रमाण ।
  5. आवश्यकता अनुसार सम्बन्धित गा.पा./न.पा. लगायत अन्य प्रमाण बुझ्न सकिने ।

 

प्रमाण पूरा भएकै दिन प्रकृया सुरु गरिने

नागरिकता फाँट

कोठा नं.१८

 

फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत/स.प्र.जि.अ.

स.प्र.जि.अ./

प्र.जि.अ.

 

 

 

 

प्रतिलिपि नागरिकता शाखाबाट प्रदान हुने सेवा

महत्वपूर्ण जानकारी

  • सेवाग्राहीले निवेदन र फारम वाहेक आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने छ र Verify गर्ने प्रयोजनका लागि ती कागजातका सक्कल लिइ आउनुपर्ने छ।
  • आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने छ ।
  • नागरिकता कार्डमा कुनै व्यहोरा अन्यथा प्रिन्ट भएको भए ७ दिन भित्र उक्त कार्ड फिर्ता गरी अभिलेख अनुसार कायम गराउन सकिने छ । म्याद पछाडी संशोधन प्रतिलिपि फारम सिफारिश गरी आउनुपर्ने छ ।
  • आवश्यकता अनुसार अन्य जिल्लाको नागरिकताको अभिलेख यसै कार्यालयको CMIS प्रणालीमा हेरिने वा इमेल वा फ्याक्स मार्फत झिकाइनेछ।

 

सिन

सेवा सुविधाहरुको विवरण

कार्य सम्पादन गर्न आवश्यक पर्ने कागजपत्रहरु

लाग्ने शुल्क

लाग्ने समय

फाँट, कोठा नं. र जिम्मेवार कर्मचारी

गुनासो सुन्‍ने अधिकारी

कैफियत

यस जिल्लाबाट जारी भएको ना.प्र.को प्रतिलिपि लिन

  1. फोटो समेत प्रमाणित गरीएको अनुसूची–२ फाराम (ना.प्र.नं. र जारी मिति खुलाउनु पर्ने),
  2. पुरानो सक्कल नागरिकता, सो नभए प्रतिलिपि वा नागरिकता नम्वर खुल्ने अन्य प्रमाणपत्र ।
  3. हालसालै खिचिएको फोटो २ प्रति ।

निवेदनमा रु.१३/-को टिकट

प्रमाण पूरा भएकै दिन

प्रतिलिपि फाँट

कोठा नं.७

फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत

स.प्र.जि.अ./प्र.जि.अ.

 

अन्य जिल्लावाट बसाइसराइ गरी आएको हकमा प्रतिलिपि

सि.नं १ को अतिरिक्त थप कागजात

  1. बसाई सराई प्रमाणपत्र, जग्गाधनी प्रमाण पूर्जा,
  2. स्थायी बसोबास वा घर सम्पन्न वा निर्माण स्वीकृति,
  3. बिजुली वा धारा पानीको बिल वा मतदाता परिचयपत्र ।
  4. निवेदकको नागरिकता प्र.प.  को अभिलेख कार्यालयको तर्फबाट झिकाइनेछ ।

निवेदनमा रु.१३/-को टिकट

प्रमाण पूरा भएकै दिन

प्रतिलिपि फाँट

कोठा नं.७

 

फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत

स.प्र.जि.अ./प्र.जि.अ.

 

नागरिकताको विवरण संशोधन गरी प्रतिलिपि लिन

सि.नं १ को अतिरिक्त थप कागजात

  1. सच्चाउनुपर्ने व्यहोरा खुलेको निवेदन
  2. विवरण पुष्टि गर्ने/ तथ्य प्रमाणित गर्ने सार्थक आधारहरु
  • उमेरको हकमाः– शैक्षिक प्रमाणपत्र,नोकरीको अभिलेख वा पेन्सनपट्टा.
  • वतनको हकमाः– बसाइसराई वा स्थानीय तहको प्रमाणित कागज ।
  • नामथरको Spelling को हकमाः– शैक्षिक प्रमाणपत्र, बाबु, आमा वा तीन पुस्ताभित्रको व्यक्तिको सनाखत, शैक्षिक संस्थाको फोटो सहितको प्रमाणित पत्र ।
  1. हिनतावोधको कारणले थर संशोधन गर्नुपर्ने भए स्थानीय तहबाट सो को सिफारिश ।

निवेदनमा रु.१३/-को टिकट

प्रमाण पूरा भएकै दिन

प्रतिलिपि फाँट

कोठा नं.७

 

फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत

स.प्र.जि.अ./प्र.जि.अ.

 

पतिको नाम राखी प्रतिलिपी लिन

सि.नं १ को अतिरिक्त थप कागजात

  1. पतिको नाम राखीपाँउ भन्ने निवेदन ।
  2. निवेदकको सक्कल नागरिकता प्र.प., विवाहदर्ता प्रमाणपत्र, पतिको नागरिकता 
  3. सनाखत गर्ने पति, पतिको मृत्यु भैसकेमा मृत्यु दर्ता साथै पति संगको नाता खुल्ने ३ पुस्ताभित्रका व्यक्तिको नाता प्रमाणित सहित नागरिकता राखी सनाखत गर्नुपर्ने ।

निवेदनमा रु.१३/-को टिकट

प्रमाण पूरा भएकै दिन

प्रतिलिपि फाँट

कोठा नं.७

 

फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत

स.प्र.जि.अ./प्र.जि.अ.

 

पतिको नाम हटाइ प्रतिलिपि लिन ।

 

सि.नं १ को अतिरिक्त थप कागजात

  1. पतिको नाम हटाइपाँउ भन्ने निवेदन
  2. सम्बन्ध विच्छेदको फैसला र सम्बन्ध विच्छेद दर्ता प्र.प. ।
  3. माइति तर्फका वावु आमा वा दाजु भाइले नागरिकता सहित सनाखत गर्नुपर्ने।

निवेदनमा रु.१३/-को टिकट

प्रमाण पूरा भएकै दिन

प्रतिलिपि फाँट

कोठा नं.७

 

फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत

स.प्र.जि.अ./प्र.जि.अ.

 

पूर्व पतिको नाम हटाई हालको पतिको नाम कायम गर्न

 

सि.नं १ को अतिरिक्त थप कागजात

  1. पूर्व पतिको नाम हटाइ हालको पतिको नाम कायम गरीपाँउ भन्ने निवेदन
  2. पुर्व पति संगको सम्बन्ध समाप्त भएको देखिने प्रमाण र हालको पति संगको विवाह दर्ता ।
  3. सनाखत गर्ने पति र निजको नेपाली नागरिकता प्र.प. । पतिको मृत्यु भैसकेकोमा मृत्यु दर्ता साथै पति संगको नाता खुल्ने ३ पुस्ताभित्रका व्यक्तिको नाता प्रमाणित सहित नागरिकता राखी सनाखत गर्नुपर्ने ।

निवेदनमा रु.१३/-को टिकट

प्रमाण पूरा भएकै दिन

प्रतिलिपि फाँट

कोठा नं.७

 

फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत

स.प्र.जि.अ./प्र.जि.अ.

 

अभिलेख झुत्रो भएको/ फेला नपरेको/नष्ट भएको हकमा

  1. पुरानो सक्कल नागरिकता प्रमाणपत्र भए सोही आधारमा अभिलेख कायम गरी प्रतिलिपी जारी हुने ।
  2. अन्यथा अनुसूची-१ बमोजिमको फाराम भरी स्थानीय निकायको सिफारिस  सहित नयाँ नागरिकता प्र.प. लिए सरहको कागजात र प्रकृया पूरा गर्नु पर्ने ।

निवेदनमा रु.१३/-को टिकट

प्रमाण पूरा भएकै दिन

प्रतिलिपि फाँट

कोठा नं.७

 

फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत

स.प्र.जि.अ./प्र.जि.अ.

 

 

 

 

राहदानी शाखाबाट प्रदान हुने सेवा

महत्वपूर्ण जानकारी

  • आवश्यकता अनुसार अन्य जिल्लाको नागरिकताको अभिलेख यसै कार्यालयको CMIS प्रणालीमा हेरिने वा इमेल वा फ्याक्स मार्फत झिकाइनेछ।
  • आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।
  • राहदानीमा भएको विवरण संशोधन गर्नः MRP मा संशोधन नहुने भएकोले संशोधन गर्नुपरे नयाँ राहदानी बनाउने प्रकृया बमोजिम फेरी निवेदन पेश गर्ने ।
  • नेपालबाट  MRP एक पटक बनाइसके पछि पुन सिफारिस गर्न नपर्ने तर विदेश  नियोगबाट MRP बनाएमा पुनः सिफारिस गर्ने ।

 

सिन

सेवा सुविधाहरुको विवरण

कार्य सम्पादन गर्न आवश्यक पर्ने कागजपत्रहरु

लाग्ने शुल्क

लाग्ने समय

फाँट, कोठा नं. र जिम्मेवार कर्मचारी

गुनासो सुन्‍ने अधिकारी

कैफियत

 साधारण राहदानी

यसै जिल्लाको नागरिकताको हकमा

  1. फोटो टाँसी हस्ताक्षर गरेको राहदानी आवेदन फाराम २ प्रति र फोटो ३ प्रति।
  2. अभिलेख रुजु गरेको नेपाली नागरिकता प्र.प. पत्रको प्रतिलिपि
  3. नावालकको हकमा नावालक परिचय पत्र १ प्रति, अभिभावकको नागरिकता/ नागरिकतावाट नाता नखुलेको भए नाता प्रमाणित  ।
  4. च्यातीएको वा भिजे राहदानीको सम्बन्धमा सो च्यातिएको वा भिजेको सक्कल राहदानी समेत पेश गरी कारण सहितको दिनु पर्ने
  5. हराएको राहदानी भएमा पुरानो राहदानी नम्वर देखिने फोटोकपि वा राहदानी विभागवाट प्रमाणित गराई ल्याउनुपर्ने छ ।

बसाई सराई गरी आएकाको हकमा थप

  1. बसाई सराई प्रमाणपत्र, जग्गाधनी प्रमाण पूर्जा,
  2. स्थायी बसोबास वा घर सम्पन्न वा निर्माण स्वीकृति,
  3. बिजुली वा धारा पानीको बिल वा मतदाता परिचयपत्र ।

विवाह भै आएका महिलाको हकमा थपः पतिको नागरिकताको प्रतिलिपि, विवाह दर्ता प्रमाण पत्र ।

कर्मचारी परिवारको हकमा थपः कार्यरत कार्यालयको सिफारिस पत्र

राहदानीको लागि रु. ५,०००।–

 

१० बर्ष उमेर नपुगेकालाई रु. २५००।– (५ बर्षको म्याद भएको)

 

हराएको, च्यातिएको, केरमेट भइ पुनः वनाउदा रु. १०,०००।–

२५ दिन भित्र

राहदानी फाँट

कोठा नं. १३

 

फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत

स.प्र.जि.अ./प्र.जि.अ.

 

 २

द्रुत सेवाबाट राहदानी सिफारिस

  1. दु्त सेवाका लागि यस कार्यालयबाट नागरिकताको अभिलेख प्रमाणित गरि राहदानी विभागमा बुझाउन सम्बन्धित व्यक्तिलाइ दिइने ।
  2. तोकिएको ढाँचामा निवेदन र २ प्रति राहदानी फाराम पेश गर्नुपर्ने ।
  3. वसाइ सराइ, विवाह र कर्मचारी परिवारको हकमा माथि उल्लेखित कागजातहरु पेश गर्नुपर्ने।

रु १० को टिकट

प्रमाण पूरा भएकै दिन

राहदानी फाँट

कोठा नं. १३

 

फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत

स.प्र.जि.अ./प्र.जि.अ.

 

स्थानीय प्रशासन शाखाबाट प्रदान हुने सेवा

महत्वपूर्ण जानकारी

  • आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।

 

 

पछिल्लो अपडेट गरिएको : 2082-12-30 17:25:32

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, भक्तपुर .

सिन

सेवा सुविधाहरुको विवरण

कार्य सम्पादन गर्न आवश्यक पर्ने कागजपत्रहरु

लाग्ने शुल्क

लाग्ने समय

फाँट, कोठा नं. र जिम्मेवार कर्मचारी

गुनासो सुन्‍ने अधिकारी

कैफियत

नाबालक परिचयपत्र

(१६ वर्ष भन्दा कम)

  1. गा.पा/न.पा. को सिफारिश (जन्ममिति  खुलाई फोटो समेत प्रमाणित गरीएको) ।
  2. बाबुआमाको/संरक्षक व्यक्तिको निवेदन नागरिकता प्र.प.  र नाता  प्रमाणित र जन्मदर्ता ।
  3. आमाको नागरिकतामा वावुको नाम नभएमा विवाहदर्ता प्रमाणपत्र ।
  4. विदेशमा जन्म भएकालाई सो को प्रमाण र  सम्बन्धित क्याम्पको पत्र ।
  5. धर्मपुत्र/धर्मपुत्री वा संरक्षित नाबालकका हकमा बाबुआमाको महलमा जन्मदिने  बाबुआमाकै नाम राखिने हुँदा बाबुआमाको नागरिकता प्र.प. प. र संरक्षकको महलमा अदालतद्धारा धर्मपुत्र/धर्मपुत्री ग्रहण गर्ने प्राप्त अनुमती र नागरिकता प्र.प.प.

बसाई सराई गरी आएको हकमा थप

  1. बसाई सराई प्रमाण पत्र, जग्गाधनी प्रमाण पूर्जा, स्थायी बसोबास वा घर सम्पन्न/निर्माण स्वीकृति, बिजुली/धारा पानीको बिल/मतदाता परिचयपत्र ।
  2. थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै   ।

निवेदनमा रु.१०/-को टिकट

प्रमाण पूरा भएकै दिन

प्रशासन फाँट

कोठा नं.१५

 

फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत

स.प्र.जि.अ./प्र.जि.अ.

 

जनजाति प्रमाणित

  1. सम्बन्धित व्यक्तिवाट निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  2. सम्बन्धित स्थानीय तहको सिफारिश
  3. अन्य जिल्लाबाट विवाह भई आएको भए विवाहदर्ताको प्रतिलिपि र पतिको नागरिकताको प्रतिलिपि समेत ।

निवेदनमा रु.१०/-को टिकट

प्रमाण पूरा भएकै दिन

प्रशासन फाँट

कोठा नं.१५

 

फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत

स.प्र.जि.अ./प्र.जि.अ.

 

संघ संस्था  दर्ता सम्बन्धी कार्य

संघ संस्था दर्ता

  1. तोकिएको ढाँचाको विवरण भरी कम्तिमा ७ जना सदस्य रहेको तदर्थ समितिका सदस्यहरुको हस्ताक्षर भएको निवेदन ।
  2. A4  साइजको कागजमा एकापट्टी मात्र टाइप गरी प्रबन्ध समितिका सबै सदस्यको प्रत्येक पानामा तलमाथि हस्ताक्षर भएको विधान ३ प्रति  र
  3. कार्यसमितिका पदाधिकारीहरुको नागरिकता प्र.प.को प्रतिलिपि र फोटो १।१ प्रति ।
  4. प्रहरी प्रतिवेदन (प्रवन्ध समितिका पदाधिकारीहरुको वारेमा) ।
  5. संस्थाको कार्यालय रहने घरको धरधनी संग गरिएको करारपत्र र लालपुर्जाको प्रतिलिपि ।
  6. संस्था दर्ता गर्ने सम्बन्धमा बसेको संस्थाका प्रबन्ध समितिका सदस्यहरुको बैठकको माइन्यूट।
  7. संस्थाको कार्यालय रहने स्थानीय तहको सिफारिश ।

निवेदनमा रु.१०/-को टिकट र दर्ता शुल्क रु. १०००।–

 

 

प्रमाण पूरा भएकै दिन

सबै सदस्यहरुको सनाखत गरी प्रहरी प्रतिवेदनको लागि प्रहरीमा पठाउने र प्रहरी रिपोर्ट आएपछि संस्था दर्ता गरिने ।  

प्रशासन फाँट

कोठा नं.१५