Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, भक्तपुर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, भक्तपुर

मंगलवार, श्रावण ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

शरणार्थी परिचय पत्र सम्बन्धी

शुल्क

परिचय पत्र नविकरण निवेदनमा रु.१०/- को टिकट र नियमानुसारको दस्तुर

प्रतिलिपि

निवेदनमा रु.१०/- को टिकट र रु.१००/-

राजश्व दस्तुर

यात्रा अनुमति

निवेदनमा रु.१०/- को टिकट



लाग्ने समय

निवेदन पेश गरेकै दिन

कागजातहरु

शरणार्थी परिचय पत्र नविकरण सम्बन्धी कार्य

  1. शरणार्थी परिचय पत्र नविकरणको लागि दरखास्त
  2. म्याद नाघी आउनेका लागि भरपर्दो र मनासिब माफिकको कारण सहित सम्बन्धित क्याम्पको सिफारिस ।
  3. एक जिल्लाबाट जारी भएको परिचय पत्र अर्को जिल्लामा नविकरण गर्नु परेमा गृह मन्त्रालयको स्वीकृति पत्र ।

शरणार्थी परिचय पत्र हराई सो को प्रतिलिपि लिनुपर्दा

  1. सम्बन्धित व्यक्तिको निवेदन र परिचयपत्रको छाँयाप्रति ।
  2. राष्ट्रिय स्तरको पत्रिकामा हराएको सूचना प्रकाशित गरी सो को सक्कल प्रमाण र हराएको दरखास्त परेको एरियाको प्रहरी कार्यालयको पत्र
  3. शरणार्थी शिविरबाट फोटो समेत प्रमाणित गरेको पत्र र सम्बन्धित व्यक्तिको २ प्रति फोटो ।

शरणार्थीलाई यात्रा अनुमति सम्बन्धी कार्य

  1. सम्बन्धित व्यक्तिको निवेदन र शरणार्थी परिचय पत्रको प्रतिलिपि
  2. भ्रमणमा जाने मुलुकबाट नातेदारले बोलाएको आमन्त्रण पत्र
  3. आमन्त्रण गर्ने व्यक्तिको परिचय  खुल्ने प्रमाण पत्र र निजको आर्थिक स्थिति खुल्ने प्रमाण
  4. नाबालक वा ३५ वर्ष उमेर नपुगेको महिलाको हकमा संरक्षकले दिएको मन्जुरीनामा
  5. सम्बन्धित शिविरको सिफारिस पत्र सक्कलै
  6. आमन्त्रण गर्ने व्यक्ति र निवेदकको सम्बन्ध खुल्ने कागज पत्र
  7. अध्ययनार्थ विदेश जान सम्बन्धित शैक्षिक संस्थाको स्वीकृति पत्र संलग्न गरी विषय र अवधि खुलेको कागज
  8. औषधिउपचारको लागि चिकित्सक वा स्वास्थ्य संस्थाको सिफारिस पत्र
  9. आमन्त्रणकर्ताले व्यहोर्ने खर्चको विवरण (बस्ने,खाने,आउने ,जाने,औषधिउपचार,लगाउने मध्ये सबै वा केही )
  10. आफ्नै खर्चमा जाने भए आफ्नो हैसियत र जानुपर्ने कारण स्पष्ट खुलाउने
  11. Notary Public बाट प्रमाणित भै आउनु पर्ने वा सम्बन्धित दूतावासले कागजातहरुको प्रमाणिकता पुष्टि गरेको कागज पत्र ।


प्रक्रियाहरु

प्रशासन फाँट

कोठा नं.१५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने । 

जिम्मेवार कर्मचारी/शाखा
राजन खनाल -

प्रसाशन शाखा

गुनासो सुन्ने अधिकारी
सुरेश आचार्य
पछिल्लो अपडेट गरिएको : 2083-04-05 11:39:23

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, भक्तपुर