संस्थाको शाखा खोल्ने स्वीकृती
शुल्क
रु. १० को टिकट
लाग्ने समय
प्रमाण पूरा भएकै दिन प्रकृया प्रारम्भ गरिने
कागजातहरु
- संस्थाको शाखा कार्यालय खोल्ने स्वीकृति पाउँ भनि विषयको निवेदन सहित कार्य समितिको निर्णय, अख्तियारी पत्र र विधानको प्रतिलिपी ।
- कुन स्थानीय तहमा शाखा खोल्ने हो सो स्थानीय तहको सिफारिस ।
- नविकरण भएको प्रमाणपत्रको प्रतिलिपी र कर चुक्ता प्रमाण ।
- शाखा कार्यालय रहने घरधनी संगको संझौतापत्र र लालपूर्जाको प्रतिलिपि ।
- शाखामा रहने पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र फोटो सहितको नामावली ।
प्रक्रियाहरु
प्रशासन फाँट
कोठा नं.१५
आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने
