शरणार्थी परिचय पत्र सम्बन्धी
Charge (English)
परिचय पत्र नविकरण निवेदनमा रु.१०/- को टिकट र नियमानुसारको दस्तुर
प्रतिलिपि
निवेदनमा रु.१०/- को टिकट र रु.१००/-
राजश्व दस्तुर
यात्रा अनुमति
निवेदनमा रु.१०/- को टिकट
Duration (English)
निवेदन पेश गरेकै दिन
Documents
शरणार्थी परिचय पत्र नविकरण सम्बन्धी कार्य
- शरणार्थी परिचय पत्र नविकरणको लागि दरखास्त
- म्याद नाघी आउनेका लागि भरपर्दो र मनासिब माफिकको कारण सहित सम्बन्धित क्याम्पको सिफारिस ।
- एक जिल्लाबाट जारी भएको परिचय पत्र अर्को जिल्लामा नविकरण गर्नु परेमा गृह मन्त्रालयको स्वीकृति पत्र ।
शरणार्थी परिचय पत्र हराई सो को प्रतिलिपि लिनुपर्दा
- सम्बन्धित व्यक्तिको निवेदन र परिचयपत्रको छाँयाप्रति ।
- राष्ट्रिय स्तरको पत्रिकामा हराएको सूचना प्रकाशित गरी सो को सक्कल प्रमाण र हराएको दरखास्त परेको एरियाको प्रहरी कार्यालयको पत्र
- शरणार्थी शिविरबाट फोटो समेत प्रमाणित गरेको पत्र र सम्बन्धित व्यक्तिको २ प्रति फोटो ।
शरणार्थीलाई यात्रा अनुमति सम्बन्धी कार्य
- सम्बन्धित व्यक्तिको निवेदन र शरणार्थी परिचय पत्रको प्रतिलिपि
- भ्रमणमा जाने मुलुकबाट नातेदारले बोलाएको आमन्त्रण पत्र
- आमन्त्रण गर्ने व्यक्तिको परिचय खुल्ने प्रमाण पत्र र निजको आर्थिक स्थिति खुल्ने प्रमाण
- नाबालक वा ३५ वर्ष उमेर नपुगेको महिलाको हकमा संरक्षकले दिएको मन्जुरीनामा
- सम्बन्धित शिविरको सिफारिस पत्र सक्कलै
- आमन्त्रण गर्ने व्यक्ति र निवेदकको सम्बन्ध खुल्ने कागज पत्र
- अध्ययनार्थ विदेश जान सम्बन्धित शैक्षिक संस्थाको स्वीकृति पत्र संलग्न गरी विषय र अवधि खुलेको कागज
- औषधिउपचारको लागि चिकित्सक वा स्वास्थ्य संस्थाको सिफारिस पत्र
- आमन्त्रणकर्ताले व्यहोर्ने खर्चको विवरण (बस्ने,खाने,आउने ,जाने,औषधिउपचार,लगाउने मध्ये सबै वा केही )
- आफ्नै खर्चमा जाने भए आफ्नो हैसियत र जानुपर्ने कारण स्पष्ट खुलाउने
- Notary Public बाट प्रमाणित भै आउनु पर्ने वा सम्बन्धित दूतावासले कागजातहरुको प्रमाणिकता पुष्टि गरेको कागज पत्र ।
Procedures
प्रशासन फाँट
कोठा नं.१५
आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।
