Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Bhaktapur

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Bhaktapur

Thursday, Jestha 28, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness).

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

District Introduction 2075-07-26

 

भक्तपुर (भादगाउँ वा ख्वःप) नेपालको ३ नं. प्रदेश अन्तर्गत काठमाण्डौ उपत्यकाको तीन जिल्ला मध्ये एक प्राचिन सहर हो जुन काठमाडौँ उपत्यकाको पूर्वी भागमा पर्दछ। क्षेत्रफलको हिसावले भक्तपुर जिल्ला नेपालको सबैभन्दा सानो जिल्ला हो। हाल यो गा.वि.स. विहिन जिल्ला पनि हो । भक्तपुर जिल्ला भादगाँउले टोपी र जुजु धौ भनिने स्थानीय दहीको परिकारका लागि प्रशिद्ध छ। यस जिल्लाको ऐतिहासिक पृष्ठभूमितर्फ नियाल्दा भक्तपुरको नामाकरण सम्बन्धमा विभिन्न शिलालेख र प्रमाणहरूका आधारमा विश्लेषण गर्दा लिच्छवीकालीन राजा मानदेवको पालामा देवपाटनमा रहेको रत्न संघको अभिलेखमा "खोपाङ्ग" ग्रामको उल्लेख भएको छ भने भक्तपुरको खलाछें टोलमा भएको अभिलेखमा "खृपाङ्ग" ग्राम उल्लेख भएको पाइन्छ। यसैका आधारमा भक्तपुरलाई ख्वप या खोप भन्ने चलन चलेको अनुमान छ जुन चलन हालसम्म पनि नेवारी भाषामा यद्यपि छदैछ।

Image result for images in bhaktapur city

अर्को ऐतिहासिक प्रमाण अनुसार बि.सं. १९९२ तिर भक्तपुर नगरलाई भद्रगाउँ भन्ने नाम प्रचलनमा रहेको पनि देखिन्छ। यसै भद्रग्राम शव्दका आधारमा भादगाउँ रहन गएको भन्ने अर्को अनुमान पनि छ। भक्तपुरमा विभिन्न देवदेवीहरूका देवालय मन्दिर मठ तिर्थस्थलहरू जताततै भएको र मन्दिरमा कुँदिएको नेपाली शैलीको कलात्मक कौशल एवं सांस्कृतिक तथा धार्मिक भावनामा ओतप्रोत भएकाले र भक्तपुरका बासिन्दा ज्यादै धर्मात्मा भएकाले राणा प्रधान मन्त्री जुद्ध शम्शेरबाट साविक नाम भादगाउँको सट्टा भक्तहरूको पुर अर्थात शहर भक्तपुरको नामाकरण भएको देखिन्छ। भक्तपुर जिल्ला प्राचीन वास्तुकला र गौरबमय संस्कृतिको अभूतपूर्व समायोजनले सुसज्जित कला नगरी हो । ऐतिहासिक तथा सांस्कृतिक वैभवले संसार प्रसिद्ध भक्तपुर बिश्वकै एक उत्कृष्ट गन्तब्य हो । भक्तपुर दरवार क्षेत्र र चाँगुनारायण जस्ता विश्वसम्पदा सूचीमा सूचिकृत सम्पदास्थलका साथै मल्लकालीन कला सँस्कृति अनि नेवारी जीवनशैलीले भक्तपुर सजिव संग्रहालयको रुपमा स्थापित छ । यो जिल्ला नेपाल अधिराज्यको सबभन्दा सानो जिल्ला पनि हो। जिल्लाको कूल क्षेत्रफल ११९ वर्ग कि. मि. छ(केतवि, २०५८)। जिल्लाको क्षेत्रफल जिविसको अभिलेख अनुसार १३८.४८वर्ग कि. मि. रहेको छ। भौगोलिक रुपमा हेर्दा यस जिल्लाको उत्तरी सिमाना मनोहरा नदी, पूर्वमा महादेव कोखरी डाँडाको श्रृङखला, दक्षिणमा सूर्यविनायकको पहाडी खण्ड, पश्चिममा मनोहरा नदी र दुर्गेखोला रहेको छ। यस जिल्लाको पूर्व र पूर्व-दक्षिणमा काभ्रेपलान्चोक जिल्ला पर्दछ भने उत्तर र पश्चिममा काठमाडौँ र पश्चिम दक्षिणमा ललितपुर जिल्ला रहेको छ। ४ नगरपालिका रहेको ११९ वर्ग कि.मि. क्षेत्रमा फैलिएको भक्तपुर जिल्ला देशकै सानो जिल्लाको रुपमा पनि परिचित छ । ३१३ कि.मि. सडक सञ्जालले घेरिएका जिल्लाको भक्तपुर र ठिमी नगरमा नेवारी समुदाएको बसोबास रहेको छ भने काठ क्षेत्र र नयाँ वस्ती क्षेत्रमा सबै जात जाती र धर्मालम्बीहरुको बसोबास रहेको छ । शिक्षा, स्वास्थ्य, कृषि तथा घरेलु उत्पादनमा भक्तपुरको आफ्नै बिशेषताहरु छन् । बिद्यालय तथा उच्च शिक्षाको लागी देशै भरीमा ख्याती कमाएका शैक्षिक केन्द्रहरु, स्थानीय स्तरमा नै उत्पादीत दही, माटोका भाडा तथा हृयाण्डीक्राफ्टका सामाग्री, कृषि उपज अनि मठ मन्दीर, पिकनिक स्पट र हिलस्टेसनहरु यहाँका अन्य आकर्षाण हुन् ।

Image result for images in bhaktapur city

आठ दिन नौ रात सम्म धुमधामले मनाईने विस्केट जात्रा भक्तपुरको पर्यायबाची बन्दै आएको छ । नयाँ बर्षो आगमन सँगै मनाइने यो पर्वमा सिँगो भक्तपुर नगर रम्ने गर्छ । भक्तपुरमा बिस्केट जात्रा मनाईदै गर्दा पश्चिम तर्फो ऐतिहासिक नगर थिमीमा सिन्दुर जात्रा शुरु हुन्छ । सिन्दुरमा लपक्कै भिजेका थिमीबासीको जात्रा नसंकिदै मध्यपुर थिमी नगरपालिकाको बोडे क्षेत्रमा जिब्रो छेड्ने जात्रा शुरु हुन्छ । भक्तपुरमा मनाइने गाईजात्रालाई देशकै विशिष्ट साँस्कृतिक पर्वको रुपमा लिइन्छ । वर्षदन भित्र मरेका आत्माले मोक्ष प्राप्त गरुन भन्ने उद्देश्यले मृतकका परिवारले यो जात्रा मनाउँछन् । घिंताघीसी नाच भक्तपुरमा मनाइने गाईजात्राको मुख्य आकर्षाण मानिन्छ । भक्तपुर दरवार स्क्वायर क्षेत्र जिल्लाको मात्रै नभई राष्ट्रकै शानको रुपमा उभिएको छ ।

Image result for images in bhaktapur city

मल्ल्कालीन अदभुत कलाले सिंगिरिएको ५५ झ्याले दरवार, स्वर्णद्वार लगायत शहरका भित्री भागमा रहेका टौमढी, दत्रात्रय यहाँका अन्य आकर्षाहरु हुन । त्यस्तै इशाको प्रारम्भीक सताब्दी देखिको अनेकौ कलाकृतिहरु संरक्षीत रहेको चाँगुनारायण भक्तपुरको अर्को पहिचान बनेको छ । सूर्यविनायक, गणेश मन्दीर, डोलेश्वर महादेव भक्तपुरका अन्य महत्वपूर्ण सम्पदास्थलहरु हुन् । नगरकोट भक्तपुर जिल्लाको अर्को महत्वपूर्ण गन्तब्य हो । हिल स्टेसनको रुपमा संसारभर नाम कहलिएको यहाँको मनोरम दृश्यले जो कोहीलाई पनि लोभ्याउँछ । शिक्षा नेपालको राष्ट्रिय जनगणना २०६८ का अनुसार कुल जनसंख्या ३०४६५१ रहेको यस जिल्लाको साक्षरता प्रतिशत ८१.६८ रहेको छ । जिल्ला शिक्षा कार्यालय २०७० को तथ्यांक अनुसार यस जिल्लामा ७४ वटा प्रा.वि., ५७ वटा नि.मा.वि., १५४ वटा मा.वि., २२ वटा उच्च मा.वि.संचालित छन् ।

Image result for images in bhaktapur city

शैक्षिक रुपमा यो जिल्ला देशका अन्य जिल्लाहरुको तुलनामा धेरै अगाडि रहेको देखिन्छ भने जिल्लालाई पूर्ण साक्षर बनाउने अभियान तीब्र रुपमा अघि बढीरहेको छ । स्वास्थ्य भक्तपुर सानो जिल्ला भएकाले सदरमुकाममा स्वास्थ्य सुविधा प्राप्त गर्न जिल्लाका सबै स्थानहरूबाट थोरै समय खर्च गरे पुग्ने देखिन्छ । सबै नगरपालिकाहरुमा स्वास्थ्य केन्द्रहरु र जिल्लामा भक्तपुर अस्पताल जिल्ला अस्पतालका रुपमा रहेका छन् । हाल भक्तपुरमा १० वटा अस्पतालहरु, २ प्राथमिक स्वास्थ्य केन्द्र, १४ स्वास्थ्य चौकी, ५ उपस्वास्थ्य चौकी, ३ शहरी स्वास्थ्य केन्द्र तथा १ मेरी स्टोप्स सेन्टर मार्फत स्वास्थ्य सेवा उपलब्ध छन् भने काठमाडौंको सामिप्यताले गर्दा अन्य ठूला स्वास्थ्य सेवाहरू पनि तत्कालै उपलब्ध हुन्छन् । जिल्ला विकास समिति भक्तपुरले जिल्लाबासीहरुलाई एम्बुलेन्स सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै भक्तपुर जिल्लालाई पूर्ण खोप जिल्ला बनाउने अभियान जोडतोडले अगाडी बढीरहेको छ ।

Image result for images in bhaktapur city

कृषि भक्तपुर जिल्लाको कृषि उत्पादकत्व अत्यन्त राम्रो छ । कुल क्षेत्रफल १२७३८ हेक्टर मा ८०७७ हेक्टरमा खेती गरिएको छ । माटोको उर्वराशक्ति प्रशस्त भएकाले यहाँका किसानहरू बाह्रै मास मौसम अनुसारको खेती लगाउने गर्दछन् । नगदेश लगायतका मनोहरा नदी किनारका फाटहरुमा उत्पादीत हरिया तरकारी राजधानीको लागी उच्चमाग रहेको छ । दसौ हजार कृषकहरु यही तरकारी खेतीबाट जिवन निर्वाह गर्दै आएका छन । साथै उनीहरुको आर्थीक अवस्था सुधार्न पनि यस्ले निकै सघाएको छ । यो बाहेक आफुलाई चाहीने , धान, मकै तथा गहु जस्ता नगदेबाली तथा मौसम अनुसारको फलफुलको पनि यहाँ प्रशस्तै खेती हुने गर्छ । पर्यटनः पर्यटन भक्तपुरको महत्व पूर्ण पक्ष हो । बर्षोनी लाखौ पर्यटकहरु यहाँका ऐतिहासिक दरबार, पुरातात्विक महत्वका कलाकृति, मठमन्दिर र हिल स्टेशन अवलोकनको लागी आउँछन् ।

Image result for photos of bhaktapur

यहाँका हस्तकला, भादगाउँले टोपी, माटाका भाडाकुँडा, जु-जु धौ ले यहाँ आउने पर्यटकहरुलाई आकर्षित गरेको छ । सिङ्गो भक्तपुर र मध्यपुर शहर नै संग्राहालय जस्तो भान पर्ने यो क्षेत्र संसार भरीका मानीसहरुका लागि आकर्षण केन्द्र बनेको छ । सडकः दुईवटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको यस जिल्लाको पूर्ण पश्चिम लम्वाई १६ किलोमिटर मात्र छ । जिल्लाको जिल्ला यातायात गुरुयोजना २०७०।७१ अनुसार यस जिल्लामा जम्मा ३१३.३९ कि.मि. सडक रहेको छ । त्यसमा कालोपत्रे १२३.४६ कि.मि., ग्राभेल ६९.३८ र कच्ची १२०.५५ कि.मि. रहेको छ ।

Image result for maps of roads of bhaktapur

जिल्लाको महत्वकाक्षी योजनाको रुपमा रहेको भक्तपुर चक्रपथ रहेको छ । त्यस्तै कोटेश्वर बाट भक्तपुर सूर्यविनायक सम्मको ६ लेनको मोटरबाटो देसकै सबैभन्दा स्तरिय मोटरबाटोको रुपमा ख्याती कमाएको छ । खानेपानी तथा सरसफाइ : खानेपानी तथा सरसफाइको दृष्टिकोणमा भक्तपुरको अवस्था सन्तोसजनक छ । भक्तपुर जिल्ला खुल्ला दिशामुक्त जिल्ला घोषणा भईसकेकोकाले यहाँका प्रत्येक नगर तथा गाउँमा घरै पिच्छे शौचालय रहेका छन् । सरसफाईको दृष्टिकोणबाट पनि भक्तपुर नगर देसकै उदाहरणीय शहरको रुपमा परिचत छ । खानेपानी वितरणमा भने नगर क्षेत्रमा अझै सोचे अनुसार छैन । हाल उपलब्ध खानेपानीका मुहानहरुको उचित ब्यवस्थापन र संरक्षण गर्न सके भक्तपुरबासीको लागी आवश्यक पानीको स्रोत जिल्ला भित्रै रहेको ।


Last Updated : 2083-02-19 10:22:26

© All Rights Reserved to District Administration Office, Bhaktapur .