संघ संस्था दर्ता सम्बन्धी कार्य
Charge (English)
निवेदनमा रु.१०/-को टिकट र दर्ता शुल्क रु. १०००।–
Duration (English)
प्रमाण पूरा भएकै दिन
सबै सदस्यहरुको सनाखत गरी प्रहरी प्रतिवेदनको लागि प्रहरीमा पठाउने र प्रहरी रिपोर्ट आएपछि संस्था दर्ता गरिने ।
Documents
संघ संस्था दर्ता
- तोकिएको ढाँचाको विवरण भरी कम्तिमा ७ जना सदस्य रहेको तदर्थ समितिका सदस्यहरुको हस्ताक्षर भएको निवेदन ।
- A4 साइजको कागजमा एकापट्टी मात्र टाइप गरी प्रबन्ध समितिका सबै सदस्यको प्रत्येक पानामा तलमाथि हस्ताक्षर भएको विधान ३ प्रति रकार्यसमितिका पदाधिकारीहरुको नागरिकता प्र.प.को प्रतिलिपि र फोटो १।१ प्रति ।
- प्रहरी प्रतिवेदन (प्रवन्ध समितिका पदाधिकारीहरुको वारेमा) ।
- संस्थाको कार्यालय रहने घरको घरधनी संग गरिएको करारपत्र र लालपुर्जाको प्रतिलिपि ।
- संस्था दर्ता गर्ने सम्बन्धमा बसेको संस्थाका प्रबन्ध समितिका सदस्यहरुको बैठकको माइन्यूट।
- संस्थाको कार्यालय रहने स्थानीय तहको सिफारिश
Procedures
प्रशासन फाँट
कोठा नं.१५
आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।
