वंशज नागरिकता (बाबु आमाको नागरिकता यसै जिल्लाको भएको )
Charge (English)
निवेदनमा रु.१०/-को टिकट
Duration (English)
प्रमाण पूरा भएकै दिन
Documents
- नागरिकता वनाउने मितिमा १६ बर्ष उमेर पूरा भएको हुनुपर्ने ।
- फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिस भएको अनुसूची १ फाराम ।
- जन्म दर्ता, शैक्षिक प्रमाणपत्र र वावु आमाको नेपाली नागरिकता प्रमाणपत्र।
- हालसालै खिचिएको अटो साइजको फोटो १ र पासपोर्ट साइजको १ प्रति ।
- नाता खुल्ने एकाघरको/वंशजतर्फका तीन पुस्ताभित्रका व्यक्तिले सनाखत गर्नु पर्ने र निजको नागरिकता ।
- सनाखत गर्नेसंग नागरिकतामा नाम/नाता नखुलेको हकमा नाता प्रमाणित ।
- बाबु वा आमाको मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाण पत्र।
महत्वपूर्ण जानकारीः
- सेवाग्राहीले निवेदन र फारम वाहेक आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने छ र Verify गर्ने प्रयोजनका लागि ती कागजातका सक्कल लिइ आउनुपर्ने छ।
- नावालक परिचयपत्र लिएका निवेदकले राहदानी र सक्कलै नावालक परिचयपत्र पेश गर्नुपर्ने छ।
- नेपाली राहदानीमा विदेश गई विदेशी राहदानी प्रयोग गरी आएका व्यक्तिले सनाखत गर्न सक्ने छैन । यस्ता व्यक्तिले विदेशी नागरिकता त्याग गरेमा मात्र नेपाली नागरिकताको कारवाही अगाडि वढ्ने छ ।
- नागरिकता वनाउने कार्यका लागि थप कुनै व्यहोरा विवरण बुझ्नुपर्ने भएमा स्थानीय तह वा प्रहरी सर्जमिन लगायत बुझ्न सकिने छ।
- आवश्यकता अनुसार अन्य जिल्लाको नागरिकताको अभिलेख यसै कार्यालयको CMIS प्रणालीमा हेरिने वा इमेल वा फ्याक्स मार्फत झिकाइनेछ।
Procedures
कोठा नं. १८ बाट कार्य सम्पन्न हुने ।
साथै सि.नं. १ को ||कागजातहरू|| महलको महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।
