Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Bhaktapur

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Bhaktapur

Monday, Shravan 11, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Regarding the use of the national flag

2076-05-18 2076-05-18

कुनैपनि औपचारिक कार्यक्रमहरु संचालन गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्ने सम्बन्धमा नेपालको संविधान तथा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, (प्रथम संशोधन समेत) २०६९ मा निम्नानुसार व्यवस्था भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।

नेपालको राष्ट्रिय झण्डा

नेपालको संविधान, २०७२ को धारा ८ मा उल्लेख भए बमोजिम सिम्रिक रंगको भुइँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको परम्परागत झण्डा नेपालको राष्ट्रिय झण्डा हो ।

राष्ट्रिय झण्डाको आकार प्रयोग

  1. संबैधानिक निकाय तथा सरकारी कार्यालयहरुले प्रयोग गर्ने झण्डाको आकार ८X६ फिट
  2. नेपाल सरकारको पुर्ण वा आंशिक स्वामित्वमा रहेका संघ वा संस्थाले प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार ६X४ फिट
  3. संबैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको कार्यकक्ष, गैर सरकारी संघसंस्था तथा नेपाली नागरिकले व्यक्तिगत रुपमा प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार ४X३ फिट
  4. संबैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको टेबुलमा र विशिष्ट व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनमा राखिने राष्ट्रिय झण्डाको आकार ३०X२० सेन्टिमिटर
  5. नेपाली नागरिकले राष्ट्रिय उत्सव/महोत्सवहरुमा ३०X२० सेन्टिमिटर आकारको झण्डा हात हातमा लिएर हिड्न सक्नेछन् ।
  6. राष्ट्रिय पर्व, राष्ट्रप्रमुख वा सरकार प्रमुखको औपचारिक भ्रमण तथा समकक्षी विदेशी पाहुनाहरुको सवारीका बखत तोकिए बमोजिमको सडकको दायाँ बायाँ र चोकमा फहराइने झण्डाको आकार ३X२.५ फिट
  7. नेपाली नागरिकले बुँदा नं. ३ मा उल्लेख भए अनुसारका अतिरिक्त बुँदा नं. ६ मा उल्लेख भए बमोजिमको राष्ट्रिय झण्डाको समेत प्रयोग गर्न सक्नेछन् ।

थप जानकारीको लागि निम्‍न फाइल हेर्नुहुन अनुरोध छ ।

Name of File / Title File Size Action
राष्ट्रिय_झण्डा_प्रयोग_सम्बन्धी_सूचना
राष्ट्रिय_झण्डा_प्रयोग_सम्बन्धी_सूचना.pdf
186.14 KB

Last Updated : 2083-04-08 12:21:52

© All Rights Reserved to District Administration Office, Bhaktapur