FAQ
बसाई सराई गरी नागरिकताको प्रतिलिपि लिनको लागि चाहिने आवश्यक कागजातहरूः
- वडाबाट (प्रतिलिपि नागरिकताको) सिफारिस फाराम-1
- निवेदन (कार्यालयमा उपलब्ध छ)-1
- जग्गा धनी पूर्जा-1
- बसाई-सराई दर्ता प्रमाण पत्र-1
- बत्ती तथा पानीको बिल-1
- नागरिकता तथा फोटोकपि-1
- बाहिरि जिल्लाको नागरिकता भए अभिलेख बुझ्नु पर्ने (कार्यालयले बुझिदिने)
- जग्गा धनीको नागरिकताको फोटोकपि-1
- भवन निर्माणको इजाजत पत्र तथा भवन निर्माणको सम्पन्न पत्र-1
- फोटो-2 वटा
नोटः सबै कागजातहरूको सक्कल(Original) र नक्कल(Copy) पेश गर्नुपर्नेछ ।
नागरिकतामा पतिको नाम, थर र ठेगाना राखि नागरिकताको प्रतिलिपि लिन चाहिने आबश्यक कागजातहरूः
- पतिको वडाबाट (प्रतिलिपि नागरिकताको) सिफारिस फाराम-1
- निवेदन (कार्यालयमा उपलब्ध छ)-1
- पतिको नागरिकताको फोटोकपि-1
- विवाह दर्ताको प्रमाण पत्र-1
- स्वयमको नागरिकता तथा नागरिकताको फोटोकपि -1
- पतिको सनाखत
- बाहिरि जिल्लाको नागरिकता भए अभिलेख बुझ्नु पर्ने (कार्यालयले बुझिदिने)
- फोटो-2 वटा
नोटः सबै कागजातहरूको सक्कल(Original) र नक्कल(Copy) पेश गर्नुपर्नेछ ।
सम्बन्ध बिच्छेद भई पतिको नाम थर ठेगाना हटाई नागरिकताको प्रतिलिपि लिन चाहिने आवश्यक कागजातहरूः
- माईतीको वडाबाट (प्रतिलिपि नागरिकताको) सिफारिस फाराम-1
- निवेदन (कार्यालयमा उपलब्ध छ)-1
- सम्बन्ध बिच्छेदको दर्ता प्रमाण पत्र-1
- अदालतको फैसला कागज-1
- माईतीको आमा/बुवा/दाजु/भाई मध्ये कुनै एक जनाले सनाखत गर्नु पर्ने-1
- सनाखत गर्नेको नागरिकता-1
- फोटो-2 वटा
नोटः सबै कागजातहरूको सक्कल(Original) र नक्कल(Copy) पेश गर्नुपर्नेछ ।
थर संशोधन गरी नागरिकताको प्रतिलिपि लिन चाहिने आबश्यक कागजातहरूः
- वडाबाट (प्रतिलिपि नागरिकताको) सिफारिस फाराम -1
- निवेदन (कार्यालयमा उपलब्ध छ)-1
- वडाको थर संशोधन सिफारिस-1
- नागरिकता तथा नागरिकताको फोटोकपि-1
- फोटो-2 वटा
नोटः सबै कागजातहरूको सक्कल(Original) र नक्कल(Copy) पेश गर्नुपर्नेछ ।
नयाँ नागरिकताको लिनको लागि चाहिने आवश्यक कागजातहरूः
- बुवाको नागरिकता प्रमाण पत्र-1
- आमाको नागरिकता प्रमाण पत्र-1
- शैक्षिक प्रमाण पत्र-1
- जन्म दर्ता प्रमाण पत्र-1
- विवाह दर्ता प्रमाण पत्र-1
- पतिको ना.प्र.-1
- बसाई सराई गरी आएको हकमा (सि.नं. 1 देखि 4 सम्मको कागजात समेत)
- बसाई सराई-1
- जग्गा धनी पूर्जा-1
- स्थायी वसोवास भएको कागजात (घर निर्माण सम्पन्न पत्र, बत्तीको बिल वा पानीको बिल)
- फोटो-2 वटा
नोटः सबै कागजातहरूको सक्कल(Original) र नक्कल(Copy) पेश गर्नुपर्नेछ ।
(क) संस्था दर्ताको लागि आवश्यक कागजताहरुः
(चेक लिस्ट)
- संस्था दर्ताको लागि कार्य समितिका पदाधिकारीहरुको हस्ताक्षरयुक्त रु. 10/- को टिकट सहितको रितपूर्वकको संयुक्त निवेदन
- संस्था दर्ता गर्ने सम्बन्धमा भेलाको निर्णय
- सक्कल विधान 3 (तीन) सेट (सबै पदाधिकारीहरुको फोटो सहितको विवरण संलग्न भएको)
- स्थानीय तह र जिल्ला समन्वय समितिको सिफारिस पत्र
- महिला, बालबालिका तथा वृद्धहरुको क्षेत्रमा कार्य गर्न विधानमा उल्लेख भएका संस्थाहरुको हकमा महिला तथा बालबालिका कार्यालयको सिफारिस पत्र
- संस्थाको कार्यसमितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपी सहित सक्कल नागरिकता प्रमाणपत्र
- अन्यत्र जिल्लाबाट नागरिकता जारी भई यस जिल्लामा बसोवास गर्ने संस्थामा आवद्ध समितिका व्यक्तिहरुको हकमा स्थायित्व देखिने बसाईसराई, जग्गा धनी प्रमाण पूर्जा, घर निर्माण स्वीकृति आदि पेश गर्नु पर्ने छ, उपर्युक्त यस जिल्लामा वसोवास गरेको स्थायित्व पेश भई नआएका पदाधिकारीहरुको हकमा सम्बन्धित जिल्लाबाट नै निजहरुको चालचलन/गतिविधि बुझिनेछ।
- संस्थाको कार्यालय रहने घर/कोठाको घर धनीसंग गरिएको सम्झौता पत्र, घरको जग्गा धनि प्रमाण पूर्जा/घर निर्माण स्वीकृति र नागरिकताको प्रतिलिपी समेत पेश गर्नु पर्नेछ।
नोटः सबै कागजातहरूको सक्कल(Original) र नक्कल(Copy) पेश गर्नुपर्नेछ ।
