नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
भक्तपुर


  जिल्लाको संक्षिप्त परिचय

नेपालको मानचित्रमा मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत काठमाण्डौं उपत्यकाको तीन जिल्लामध्ये भक्तपुर जिल्ला विशेष गरी धार्मिक, सांस्कृतिक, कला र शिक्षाको दृष्टिकोणले विशिष्ट प्रकारको रुपमा रहेको छ । यो जिल्ला राज्यकै सानो जिल्ला पनि हो ।

Image result for images of bhaktapur

                नेपालको मानचित्रमा ८५°२१’ देखि ८५°३२’ पूर्वी देशान्तर र २७°३६’ देखि २७°४४’ उत्तरी अक्षांश सम्म फैलिएको छ । यस जिल्लाको पूर्वमा काभ्रेपलाञ्चोक पश्चिम र उत्तरमा काठमाण्डौं र दक्षिणमा ललितपुर जिल्ला पर्दछ । यो जिल्लाको क्षेत्रफल ११९ वर्ग कि.मि. रहेको छ । यसको पूर्व पश्चिम लम्बाई १६ कि.मि. र उत्तर दक्षिण चौडाई ११.२ कि.मि. रहेको छ ।

                यस जिल्लाको सरदर उचाइ समुद्री सतहबाट १,३३१ मि. उचाइमा रहेको छ । यस जिल्लाको सबैभन्दा अग्लो भु–भाग नगरकोट हाइटलाई मानिन्छ जसको उचाई २,१९१ मिटर छ । यो जिल्ला राजधानी काठमाण्डौंबाट १३ कि.मि. पूर्वमा पर्दछ । भौगोलिक बनावटको दृष्टिकोणले यो जिल्ला उपत्यकाका अरु दुई जिल्लाहरुसित मिल्दोजुल्दो छ । जिल्लाभित्रको जमीनको ढाल पूर्वबाट क्रमशः पश्चिमतिर भिरालो पर्दै गएको छ । यस जिल्लाको सबै खोला तथा नदीहरु पूर्वी सीमानाको डाडाहरुबाट उत्पत्ति भई पश्चिममा गएर मुख्य नदी मनोहरामा मिल्न जान्छन् ।

                यस जिल्लाको ऐतिहासिक पृष्ठभूमितर्फ नियाल्दा भक्तपुरको नामाकरण सम्बन्धमा विभिन्न शिलालेख र प्रमाणहरुका आधारमा विश्लेषण गर्दा लिच्छवीकालीन राजा मानदेवको पालामा देवपाटनमा रहेको रत्न सङ्घको अभिलेखमा ‘खोपाङ्ग’ ग्रामको उल्लेख भएको छ भने भक्तपुरको खलाछेँ टोलमा भएको अभिलेखमा ‘खृपाङ्ग’ ग्राम उल्लेख भएको पाईन्छ । यसैका आधारमा भक्तपुरलाई ख्वप, खोप भन्ने चलन चलेको अनुमान छ जुन चलन हालसम्म पनि नेवारी भाषामा यद्यपि छदैछ । अर्को ऐतिहासिक प्रमाण अनुसार वि.सं.१९९२ तिर भक्तपुर नगरलाई भद्रगाउँ भन्ने नाम प्रचलनमा रहेको पनि देखिन्छ । यसै भद्रग्राम शब्दका आधारमा भादगाउँ रहन गएको भन्ने अर्को अनुमान पनि छ ।

Image result for images of bhaktapur

                भक्तपुरमा विभिन्न देवदेवीहरुका देवालय, मठ, मन्दिर, तिर्थस्थलहरु रहेका छन् । मन्दिरमा कुदिएको नेपाली शैलीको कलात्मक कौशल एवं सांस्कृतिक तथा धार्मिक भावनाबाट ओतप्रोत भएको पाइन्छ । भक्तपुरका बासिन्दा धार्मिक भएकाले श्री ३ जुद्ध शम्शेरबाट साविक नाम भादगाउँको सट्टा भक्तहरुको पुर अर्थात भक्तपुरको नामाकरण भएको देखिन्छ ।

                भक्तपुर नगर ऐतिहासिक शहर विश्व, प्रसिद्ध शहर भन्दा अत्युक्ति नहोला । सन् १९९७ देखी विश्व सम्पदा सूचीमा सूचिकृत यहाँको दरबार स्क्वायर इलाकामा पाँचतले मन्दिर विश्व समूदाय माझ चिरपरिचित स्थान हो । यहाँ वार्षिक रुपमा लाखौँ पर्यटक आउने गर्दछन् । पर्यटकका आकर्षणका क्षेत्रमा यहाँका पूराना मठ मन्दिर, दरबार, पाटी पौवा, पोखरी, कलाले सजिएका घरहरु, ढुङ्गेधारा, विभिन्न स्थानमा रहेका मूर्तिहरु, कलात्मक वस्तुहरु आदि रहेका छन् ।

Image result for images of bhaktapur

                विश्व सम्पदा सूचीको प्रशंग उल्लेख गर्दा भक्तपुर नगरको उत्तर तर्फ अवस्थीत चाँगुनारायण मन्दिर पनि विश्व समूदाय माझ चिरपरिचित मन्दिर हो । यो मन्दिर पनि विश्व सम्पदा सूचीमा सूचीकृत रहेको छ । यो ज्यादै पुरानो ऐतिहासिक मन्दिर हो । कला कृतिको अनुपम नमूना यस मन्दिरमा रहेको छ ।

                भक्तपुर कला सांस्कृतिक क्षेत्रमा पनि त्यतिकै प्रसिद्ध रहेको पाउदछौ । भादगाउले टोपी यहाँको मौलिक पहिचान हो । यस्तै पहिचान बोकेको अर्को स्थानीय उत्पादन दही हो । यो दही जुजु द्यौको नामले प्रसिद्ध रहेको छ । स्थानीय क्षेत्रमै हेर्न सक्निे माटाका भाँडाबर्तनको उत्पादनले यस स्थानको चर्चा बढाई रहेको छ । हस्तकलाको अनुपम उत्पादन हेर्न विदेशी पर्यटकहरु आउने गरेको पाइन्छ । हस्तकलामा काठ एवं ढुंगाका मूर्ति निर्माण कार्य प्रत्यक्ष रुपमा नै अवलोकन गर्न सकिन्छ । यहाँ उत्पादित तरकारीले पहिला उपत्यका लगायतमा बजार पाएकोमा हाल मलिलो माटोमा घर बन्ने क्रम बढेकोले यो उत्पादनमा ह्रास आएको छ । २०६८ सालको जनगणना अनुसार यस जिल्लाको जनसंख्या ३०४६५१ जना मध्ये महिला १४९७६७ र पुरुष ११५८८४ रहेको छ । शाक्षरता प्रतिशत ८७.७% रहेको छ जसमध्ये पुरुष ९०.५% र महिला ७२.७% रहेका छन् । त्यस्तै घरधुरी संख्या ६८६३६ वटा रहेको छ ।

Image result for images of bhaktapur

१. जिल्लाको भौगोलिक अवस्थाः–

 १.१) जिल्लाको सिमानाः–

नेपाल कै सानो जिल्लाको रुपमा चिरपरिचित जिल्ला मध्यमाञ्चल विकास क्षेत्रको बाग्मती अञ्चल भित्र पर्ने उपत्यकांको तीन शहर मध्येको भक्तपुर जिल्ला पनि एक हो । यस जिल्लाको सदरमुकाम भक्तपुर नगरपालिकामा रहेको छ । भौगोलिक रुपमा हेर्दा यस जिल्लाको उत्तरी सिमाना मनोहरा नदी, पूर्वमा महादेव पोखरी डाँडाको श्रृङ्खला, दक्षिणमा सूर्यविनायकको पहाडी खण्ड, पश्चिममा मनोहरा नदी र दुर्गेखोला रहेको छ । यस जिल्लाको पूर्व र पूर्व–दक्षिणमा काभ्रेपलान्चोक जिल्ला पर्दछ भने उत्तर र पश्चिममा काठमाण्डौं र पश्चिम दक्षिणमा ललितपुर जिल्ला रहेको छ ।

तत्कालिन समयमा भक्तपुर जिल्लामा ४ वटा नगरपालिका गठन गरीएको छ । हाल यो जिल्ला गा.वि.स. विहिन हुनुका साथै नगरपालिकाको संख्यामा ४ वटा भएको छ । यसै गरी ११ बटा ईलाकामा विभाजित यस जिल्लामा २ बटा संसदीय निर्वाचन क्षेत्र रहेका छन् ।भक्तपुर जिल्लामा रहेका नगरपालिकाहरु निम्न अनुसार रहेका छन् ।

  १) भक्तपुर नगरपालिकाः– १० वटा वडामा बिभाजित

  २) मध्यपुर थिमी नगरपालिकाः-– ९ वटा वडामा बिभाजित

  ३) सूर्यविनायक नगरपालिकाः– १० वटा वडामा बिभाजित

  ४) चाँगुनारायण नगरपालिकाः– ९ वटा वडामा बिभाजित

 

 

भौगोलिक बनावटको दृष्टिकोणले यो जिल्ला उपत्यकाका अरु दुई जिल्ला (काठमाण्डौं र ललितपुर) भन्दा खासै भिन्न देखिँदैन । यस जिल्लाको धेरै जसो भाग समशितोष्ण प्रकारको हावापानी पाइन्छ । यस जिल्लामा गर्मी महिनामा सरदर बार्षिक वर्षा ७८.३२ मि.मि. रहेको छ भने तापक्रम सरदर ३५° सेल्सीयस र न्युनतम तापक्रम सरदर –२° सेल्सीयससम्म पुग्दछ । जमिनको प्रकृति अनुसार यस जिल्लालाई मुख्य दुई क्षेत्रमा विभाजन गर्न सकिन्छ ।

१) पहाडी क्षेत्र

२) उपत्यका क्षेत्र

Image result for image of bhaktapur district with world heritage

१) पहाडी क्षेत्रः–

पहाडी क्षेत्र भक्तपुर जिल्ला उत्तर, पूर्व तथा दक्षिण तीनै भेगबाट पहाडी क्षेत्रले घेरिएको छ । यी पहाडी क्षेत्रहरु महाभारत पहाडी श्रृङ्खलाको अंश हुन् । उचाइका हिसाबले यो जिल्ला समुद्र सतह बाट १,३७२ मिटर देखि २,१९१ मिटरसम्मको उचाइमा रहेको छ । यहाँको पहाडी खण्डलाई मुख्यतः तीन भागमा विभाजन गर्न सकिन्छ ।

                क. उत्तर पहाडी खण्ड – चाँगुनारायण मन्दीर, त्रिशुल डाडा देखी नगरकोट सम्म

                ख. पूर्वी पहाडी खण्ड – सुडाल, साँगा भञ्जयाङ देखी सिपाडोल सम्म

                ग. दक्षिणी पहाडी खण्ड – सूर्यविनायक, घ्याम्पेडाडा हुदै अनन्तलिङ्गेश्वर सम्म

 

क. उत्तर पहाडी खण्डः–

                यो खण्डको पश्चिममा चाँगुनारायणको डाँडा देखि पूर्वमा नगरकोट सम्म करिब ९.६ कि.मी. पूर्व पश्चिम भई फैलिएको छ । यस खण्डको सबभन्दा अग्लो डाँडा(नगरकोट) को उचाई २१९१ मिटर रहेको छ । चाँगुनारायण डाँडाबाट खासाङ खुसुङ खोला दक्षिण पश्चिमतिर बगेर हनुमन्ते खोलामा गएर मिसिन्छ । मनोहरा नदि चाँगुनारायण डाडाको उत्तर तर्फबाट काठमाण्डौं र भक्तपुरको सिमाना भएर बगेको छ । 

ख. पूर्वी पहाडी खण्डः–

                भक्तपुर जिल्लाको पूर्वी पहाडी खण्ड, बागेश्वरी र सुडाल डाँडाबाट सुरु भई महादेव पोखरी र सोको दक्षिणी भेगको ताथली नालाछाप, चित्तपोल तथा सिपाडोलसम्म फैलेर गएको छ । यसको फैलावट करिब १२.८ किलो मिटरसम्मको रहेको छ । यस खण्डको सबभन्दा अग्लो भाग बेवर डाँडाको टुप्पो रहेको छ । जसको उचाई १,९७५ मिटर छ । यस खण्डको बागेश्वरीबाट तब्याखुसी खोला र चित्तपोलबाट चखुँ खोला पश्चिमतर्फ बगेर हनुमन्ते खोलामा पुगी मिल्न जान्छन् ।

ग. दक्षिणी पहाडी खण्डः–

                सिपाडोल पहाडी खण्डको पश्चिम कालिटारबाट पूर्व र चुनदेवीको दक्षिणी भेगलाई दक्षिणी पहाडी खण्डमा हो । यो पहाडी इलाका चुनदेवीबाट उचाइ क्रमश बढ्दै गई गुण्डुको दक्षिणी भेगमा अनन्तलिङ्गेश्वर डाँडा २०२५ मिटरको उचाइमा रहेको छ । यस पहाडको लम्बाइ करिब ४.८ किलोमिटर रहेको छ । यसबाट उत्पत्ति हुने खोलामा पूर्वतिर सिपाडोल खोला र कल्का खोला दक्षिणबाट बगेर उत्तरतिर हनुमन्ते खोलामा मिल्न जान्छ ।

२) उपत्यका क्षेत्रः–

                काठमाण्डौं उपत्यकाको मध्य–पूर्वी भागमा अवस्थित यो क्षेत्र उत्तर र पश्चिममा मनोहरा खोला, दक्षिण पश्चिममा गोदावरी र चरखण्डी खोलाको जलाधार रेखा तथा पूर्वमा काभ्रेपलान्चोक जिल्लाको पश्चिमी सिमाना भित्र अवस्थित छ । यस क्षेत्रको जग्गाको भिरालोपन उत्तर, दक्षिण र पूर्वबाट क्रमश पश्चिमतिर एक देखि पाँच डिग्रीसम्मको छ । त्यसैले मनोहरा नदी, हनुमन्ते खोला लगायतका अन्य खोलाहरु पनि पूर्व, उत्तर र दक्षिणबाट पश्चिम तर्फ बग्ने गरेका छन् । भक्तपुर जिल्लाको कुल क्षेत्रफल मध्ये ५० प्रतिशत जग्गा यस क्षेत्रमा पर्दछ ।

भु–बनोटको दृष्टिकोणले काठमाडौं उपत्यका परापूर्वकालमा एक तालको रुपमा रहेको र पछि चोभारको गल्छी काटी उपत्यकाको सबै पानी बगेर गएपछि उपत्यका मलिलो माटोले बनेको खेतीयोग्य समतल भूमिको रुपमा परिणत भएको हो । उपरोक्त तथ्य उपत्यकाको विभिन्न ठाँउमा धेरै गहिराइ सम्म पाइने कालिमाटी तथा बालुवाबाट पुष्टि हुन्छ । उपत्यकाको न्यूनतम उचाइ समुद्र सतहबाट करिब १,३७२ मिटर सम्म रहेको छ ।

यो उपत्यका क्षेत्र पूर्णत समथर नभई ठाउँठाउँमा डोल र टारको रुपमा रहेको छ । यस्ता डोलहरुमा सुन्डोल, सान्डोल, इखुडोल तथा टारहरुमा खालिटार, सिरुटार, सोमलिङटार, कालिटार, ठिमीटार, शान्तिटारहरुलाई लिन सकिन्छ । डोल क्षेत्रमा खास गरेर सिँचाइ सुविधा राम्रो हुनाले यहाँका अधिकांश जमिन कृषि योग्य भूमिको रुपमा रहेका छन् ।

  • नागरिक वडापत्र संगालाे २०७२-६-२८

    जिल्ला स्थित कार्यालयहरूकाे नागरिक वडापत्रकाे संगालाे हेर्नकाे लागि Download भन्ने Link मा गएर हेर्न सक्नु हुनेछ ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय